बलात्कारका आरोपित मनोज पाण्डे पक्राउ

काठमाडाैं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कारका आरोपित मनोज पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिवार पक्राउ गरेको हो ।

बुधबार राति सामाजिक सञ्जाल टिकटक मार्फत एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागि हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेपछि प्रहरीले अप्रेसन शुरू गरेकाे थियाे ।

२००७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको ति युवतीले भिडियाेमार्फत सार्वजनिक गरेकी थिइन् । किशोरीको न्यायका लागि र दोषीमाथि कारबाहीको माग गर्दै राजधानीलगायतका मुख्य शहरहरूमा प्रदर्शन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us