आज देशका पहाडी भेगका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

 काठमाडाैं । बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

राती देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us