मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर(२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताउनुभयो । जिपमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएको उनले बताउनुभयो ।
तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको उहाँले बताउनुभयो ।