काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। आइतबार बिहान ७ बजेसम्म १ महानगरसहित अधिकांश स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।
अब ५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। उसले हालसम्म ३१० पालिकामा जितिसकेको छ भने नतिजा आउन बाँकी रहेका १८ पालिकामा पनि अग्रता लिइरहेको छ।
दोस्रोमा १९० पालिका जितेको नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। माओवादीले अहिलेसम्म ११९ पालिका जितेको छ ।