काठमाडौं। आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा दुर्घटना हुँदा स्कुटरको पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सविता कँडेल रहेकी छन् । घाइते भएकी सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ ।
आज बिहान ७ बजे कैलालीको कुचौनीस्थित पूर्वपश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।