काठमाडौं। अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएको छ। आइतवारदेखि तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरूले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई ‘अन्तिम र गैर वार्ता गर्न नसकिने’ घोषणा गरेको थियो ।
अफगानिस्तानको टोलोन्युजका टिभी एंकर सोनिया नियाजीले भनिन्, ‘हामीलाई मास्क लगाउन बाध्य पारिएको एउटा बाहिरी संस्कृति मात्रै हो र यसले हाम्रा कार्यक्रमहरू प्रस्तुत गर्दा समस्या सिर्जना गर्न सक्छ ।’
अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् । ‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, ’अबगकभ इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’, नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’
तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ । जे भए पनि आफू अनुहार छोप्ने आदेशले फसेको नियाजी महसुस गर्छिन् । एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिवानको आदेश प्राप्त गरेको पुष्टि गरे । तर, आइतवार यो छलफलको लागि नभएको बताएपछि यसलाई कार्यान्वयन गर्न बाध्य पारिएको उनको भनाइ थियो ।