काठमाडौं। पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले पछिल्लो मतपरिणाम अनुसार ४९ हजार २४१ मत प्राप्त गरेर अग्रता कायम नै राख्नु भएको छ।
आचार्यलाई एमालेका कृष्णबहादुर थापाले पछ्याइरहनु भएको छ। थापाले ४५ हजार २६२ मत प्राप्त गर्नु भएको छ। आचार्यले थापाले भन्दा ३९७९ बढी मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ५१ हजार ५८९, उहाँकी प्रतिस्पर्धी कांग्रेसकी कोपिला रानाभाटले ४८ हजार ४९२ मत प्राप्त गर्नु भएकोछ।