काठमाडौं। नेपाल प्रहरीका पाँचजना डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अनिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।
आज बसेको बढुवा समितिले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारीस गरिएको हो । बढुवा सिफारीस भएका सबै एआईजी हालका आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन् ।डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको छ। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्।