काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको र अहिलेसम्म एक लाख ५० हजार ५१६ मतगणना भईसकेको छ । काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।
पछिल्लो मतणना अनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुग्नु भएको छ। नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३० हजार ७६७ मत र नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३० हजार १५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।