यसरी गर्नुहोस्, किबीको व्यवसायिक खेती

काठमाडौं । किबीको व्यावसायिक खेतीका लागि उपयुक्त हावापानी समुद्री सतहबाट १२०० देखि २४०० मिटरसम्मको उचाइ हो । उचित सिँचाइ र स्याहार पुगेमा ८०० देखि २९०० मिटरसम्म खेती गर्न सकिन्छ ।

करिब २ फीट गहिरो खाडल खनेर मल र माटोको मिश्रण बनाउनुपर्छ र नयाँ पालुवा आउने विरुवा रोप्नुपर्छ । स्याहार पुगेमा एकपटक हुर्काएपछि धेरै हेरचाह गर्नुपर्दैन ।

निकै पोषिलो र औषधीय गुणसमेत भएकाले किबीको माग धेरै छ । व्यावसायिक सम्भावना देखेर नेपालीहरू किबी खेतीमा आकर्षित भएका छन् ।

सिन्धुपाल्चोकलाई कर्मथलो बनाएका दिनेशको स्थायी घर सुनसरी हो । उनका परिवारजन काठमाडौंमा बस्छन् । बाआमाजस्तै आफू पनि कृषक नै भएको उनको भनाइ छ । दिनेश रोजगारीका लागि युरोप पनि पुगे । विदेशको दुःख भोगेका दिनेशलाई केही वर्षयता सिन्धुपाल्चोकको मेलम्चीले आम्दानी र खुसी एकसाथ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us