काठमाडौं। यही जेठ २२ देखि २८ मा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । गण्डकी प्रदेशमा हुने तय भएको प्रतियोगिता तयारी अभावका कारण सरेको हो।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।
नयाँ मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय सकिने र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाउनु भयो ।