काठमाडौं । सरकारले ८५ प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसकेको विवरण प्रस्तुत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्ततु गर्न संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो जानकारी दिनुभएको हो। बैठकमा वहाँले हालसम्म ९६ प्रतिशत लक्षित समुदायलाई कोरोनाविरुद्धको पहिलो खोप, ८५ प्रतिशत पूर्ण खोप लगाइसकिएको बताउनु भएको हो।
राष्ट्रपति भण्डारीले कोरोना संक्रमणविरुद्धको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरेको बताउनु भएको हो। करीब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइएको वहाँले बताउनु भएको छ।