सरकारको नीति तथा कार्यक्रम : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालादेखि विद्युत महसुल घटाउनेसम्म

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् । संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुअघि मंगलबार राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको बताईन् ।

उनले अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको बताईन् । उनले भनिन्, ‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा भएको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ ।’

सरकारले नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) औपचारिक  क्षेत्रबाट भित्राउन प्रोत्साहन दिने भएको छ । अहिले औपाचारिक क्षेत्रभन्दा हुन्डीबाट धेरै आउने र अन्य क्षेत्रमा लगानी हुन थालेपछि सरकारले यस्तो नीति ल्याउन लागेको बुझिएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाने, तर रेमिट्यान्स नबढेको विषयलाई ध्यान दिँदै सरकारले आफ्नो नीति तथा कार्यक्रममा औपचारिक  क्षेत्रबाट भित्राउन प्रोत्सान दिने व्यवस्था गरेको हो ।

सरकारले चालू आर्थिक वर्षको हालसम्म सडक, पुल निर्माणजस्ता पूर्वाधारका काम गरेको उनले बताईन् । चालू आर्थिक वर्षकोे हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ उनले जानकारी दिईन् । क्षतिग्रस्त मेलम्ची पुनः सञ्चालनमा आएको र थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको उनले बताईन् ।

स्वास्थ्य पूर्वाधारमा वृद्धि भएको समेत भण्डारीले स्पष्ट पारिन् । लालपुर्जा पाउन नसकेकका २३ हजार ५ सय ९१ जनालाई जग्गाधनी पुर्जा उपलब्ध गराइएको उनले बताईन् । उनले भनिन्, ‘नेपालले २०८७ भित्रै दीगो विकास लक्ष्य प्राप्त गर्ने र मध्यम आययुक्त देशमा पुग्ने लक्ष्य लिएको छ । २०२६ मा अति कम विकसितबाट स्तरोन्नति हुनेछ ।’

कोभिडका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न गए पनि रेमिट्यान्समा सुधार, पर्यटन आयमा सुधार, रुस र युक्रेनबीचको अस्थिरताले अर्थतन्त्रमा चाप परे पनि यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने देखिएको उनले बताईन् । उनले भनिन्, ‘पछिल्लो समय रेमिट्यान्स घट्दै जाँदा देशको अर्थतन्त्रमा समेत असर परेको थियो । वैदेशिक सञ्चिती घट्नुका साथै अन्य समस्या आउन थालेपछि सरकारले आफ्नो नीति तथा कार्यक्रममा यसलाई समेटेको हो ।’

सरकारले विदेशी लगानी आकर्षित गर्न उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सरकारले उद्योग प्रशासन सरल र लगानीमैत्री बनाउने पनि बताएकी छिन् । संविधानले तोकेको समयमै स्थानीय निर्वाचन सम्पन्न हुनुले दिगो शान्ति, विकास र सुशासन प्राप्तिका लागि बलियो आधार बनेको समेत राष्ट्रपति भण्डारीको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताईन् । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ । त्यसैको तयारी स्वरूप सार्वजनिक संस्थान सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने राष्ट्रपति भण्डारीले बताएकी हुन् ।  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि आत्मनिर्भर बन्ने नीति लिएको छ । नीति तथा कार्यक्रममा खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउन कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

सरकारले जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरि वातावरण अनुकूलनमैत्री स्थानीय बीउ बिजनको अनुसन्धान र विकासमा जोड दिने भएको हो । कार्यक्रममा भनिएको छ, ‘खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने कार्यक्रम ल्याइने छ । गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि बीउ बिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरि वातावरण अनुकूलनमैत्री स्थानीय बीउको अ

Leave a Reply

Your email address will not be published. Required fields are marked *