काभ्रे । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ।
सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा (बुस्टर डोज) व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका एक चौथाइ नागरिकले पनि तेस्रो मात्रा खोप लगाएका छैनन्।
स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार हालसम्म दोस्रो मात्रा खोप लगाएका करिब १९ प्रतिशत नागरिकले मात्र तेस्रो मात्रा खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले जिल्लामा कोरोना सङ्क्रमणविरुद्धको ‘बुस्टर डोज खोप लगाउने नागरिकको सङ्ख्या एकदमै कम रहेको बताउनुभयो।
कोरोनाविरुद्धको खोप सबै स्थानीय तहमा पुऱ्याए पनि तेस्रो मात्रा खोप लगाउन चासो कम भएको डा सेढाईले बताउनुभयो ।