बसको ठक्करबाट दुई जनाको मृत्यु

झापा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर खण्डमा यात्रुबहाक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का २६ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन्।

आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा एक जना प्रहरी जवान र अर्का भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी हुन्।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *