रेनुको पहिलो निर्णयः सरकारी अस्पतालमा जन्मिएका बालिकाको जीवन बीमा

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गर्नु भएको छ।

उहाँले सरकारी अस्पताल वा संस्थामा जन्मिएका बालिकाहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गर्नु भएको हो। त्यस्तै उहाँले महानगरपालिका भित्रका स्थानीयको लागि सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय पनि गर्नुभएको छ। खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *