बाँके। इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासतको थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा किसनलाल कुँवर मृत फेला परेका छन्।
जबरजस्ती करणीका थुनुवा कुँवरले थुनुवा कक्षको शौचालयको भेन्टिलेसनमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो। कोहलपुरमा अहिले बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, मानव अधिकारकर्मीको टोली पुगेका छन्।