लागुऔषध सहित चार जना पक्राउ

काठमाडौं। लागुऔषध सहित कञ्चनपुरबाट चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको टोलीले बेलौरी नगरपालिका–८ स्थित कालोपुलबाट खैरो हेरोइन सहितचार जनालाई पक्राउ गरेका हो।

पक्राउ पर्नेमा बेलौरी–३ का २५ वर्षीय प्रवेश धामी, बेलौरी ८ कै रामदास चौधरी र दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–२ झालारीका २५ वर्षीय सञ्जु कार्की छन्।

मंगलबार ५ बजे साइकलमा सवार दिनेशलाई शंका लागि जाँच गर्दा साइकलको सिटमुनि १० दशमलव ७२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएङ्को छ। दिनेश पक्राउ परेपछि उनकै माध्यमबाट थप तीन जनालाई पक्राउ गरिएको हो। प्रहरीले एउटा मोटरसाइकल समेत बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us