विद्यार्थी संगठनद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध विरोध प्रदर्शन

काठमाडौं। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विभिन्न विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ। लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि विद्यार्थीहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन्। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलगायतका संयुक्त विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेका छन्।

टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेका हुन्।उनीहरू पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, सबै मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थमा कर, छिटो फिर्ता गर, अब त अति भो महंगी कति हो, जनताको ढाड सेक्ने कर फिर्ता गर लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि भएको जनाएको थियो। यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो।

स्थानीय तहको निर्वाचन यतामात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा २० रुपैयाँ प्रतिलिटर मूल्य बढिसकेको छ। जसको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन्। नयाँ मूल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी, डिजेल र मट्टीतेलको मूल्य लिटरको १६३ रुपैयाँ कायम भएको छ। बढेको मूल्यअनुसार अब एक सिलिन्डर ग्यासलाई १ हजार ८०० रुपैयाँ तिर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us