निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन एकीकृत समाजवादीको सर्कुलर जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन विशेष सर्कुलर जारी गरेको छ।

बुधबार पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको सर्कुलरमा जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न भनिएको छ। भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

सर्कुलरमा भनिएको छ, ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला, निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला ।’

पहिलो पटक निर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जितेको छ। सत्ता गठबन्धनसँग मिलेर चुनाव लडेको एकीकृत समाजवादीले २० वटा पालिका प्रमुख जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us