काठमाडाैं । साहित्यकार अशोकनाथ तिवारद्वारा लिखित तीन साहित्यिक कृति बुधवार सार्वजनिक गरिएको छ। लेखक तथा साहित्यकार अशोकनाथ तिवारीद्वारा लिखित तीन कृति राजेन्द्रलक्ष्मी, भुवनेश्वरी र विरासत एक साथ सार्वजनिक गरिएको छ। यसअघि तिवारीले दुई महाकाव्य इन्द्रकुमारी लेख्न सफल हुनुभएको छ।
नेपाल निर्माताको रुपमा पहिचान बनाएका पृथ्वीनारायण शाह र राजेन्द्रलक्ष्मी दुवै भए तापनि राजेन्द्रलक्ष्मीको योगदानलाई कही कतै पनि कसैले नसम्झने भएकाले लेखकले पुस्तकमार्फत राजेन्द्रलक्ष्मीले नेपाल निर्माणमा दिनुभएको योगदान उल्लेखनीय रहेको प्रष्ट पार्नु भएको छ। नेपालको इतिहासमा नारीले एक योद्धाको रुपमा दिएको योगदानलाई सम्झन लायक रहेको सबैले सम्झनु पर्ने लेखकको भनाइ छ।
त्यस्तै, कृति भुवनेश्वरीमा लेखकले पृथ्वीको उत्पति कसरी र कँहाबाट भयो भन्ने तथ्यमा आधारित भएर लेख्नुभएको छ। पृथ्वीका साथ साथै अन्य कस्ता कुराको उत्पति भयो भन्ने बारे ज्ञान मुलक पुस्तक रहेको छ।
त्यस्तै, लेखकको दोस्रो कृति विरासतमा तिवारीले मानिस र मानिसले निमत्याएका समस्याबारे चर्चा गर्नुभएको छ। मानिसले गरेका कतिपय क्रियाकलापले प्राकृतिक विपत्ति निमत्याउने र त्यस विपत्तिको सामना मानिस आफैले नै गर्नु पर्ने हुँदा आफै सचेत हुनुपर्ने बताउनुभयो।
बुधवार काठमाडौंमा लोकार्पण कार्यक्रम आयोजना गरी उक्त पुस्तकहरु बजारमा ल्याइएको हो। लेखकले सार्वजनिक गरेका तीनै कृतिले सबै पाठकलाई लाभ मिल्ने घोष्ट राइटिक नेपालका अध्यक्ष प्रकाश ढकालले बताउनुभयो।