कर्णाली प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने

धनगढी । कर्णाली प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ ।  संघीय सरकारले गरेको निर्णयलाई आधार मान्दै कर्णालीले समेत गणतन्त्र दिवस मनाउने तयारी गरेको हो । 

सरकारले गणतन्त्र दिवस २०७९ मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समितिको गठन समेत गरेको छ ।

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ । यस वर्षभने जेठ १४, १५ र १६ गते तीन दिनसम्म दिवस मनाउने भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us