काठमाडौं। विगत केहि महिना देखि निरन्तर ओरालो लागिरहेको नेप्सेमा अहिले सुधार देखिएको छ। स्थानीय चुनावमा खर्च भएको पैसा बैकिङ प्रणालीमा आउन थालेपछि नेप्सेमा सुधार आएको हो ।
निरन्तर ओरालो यात्रा तय गरेको नेप्से मंगलबार १६.३२ विन्दु र बुधबार १४.३७ विन्दुले बढ्न पुगेको छ । २२ सय विन्दु भन्दा तल आइपुगेको नेप्से अहिले २२३१.५७ विन्दुमा पुगेको छ ।
निर्वाचनमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा आउन थालेकाले शेयर बजारमा सुधार देखिएको छ । निर्वाचन प्रचार प्रसारका लागि गाडी, होटलमा बस्न तथा खानामा धेरै रकम खर्च गरेका थिए ।