दैलेख। दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए र ज्यान गुमाउनेहरुको सनाखत भईसकेको छ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा सवार घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।