काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल—भारत कवि सम्मेलन सम्पन्न भएको छ । सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानले भारतीय कवि नरेश शाण्डिल्यलाई सम्मानित गरेको छ ।
कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कवि शाण्डिल्यलाई सम्मान गर्दै नेपाल भारत साहित्यिक सम्बन्ध प्रगाढ भएको चर्चा गरे । सो अवसरमा भारतीय दूतावासका प्रथम सचिव नवीन कुमार, सांस्कृतिक सहचारी सत्यन्द्र दहिया, कवि श्वेता दीप्तिलगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाल भारतका विभिन्न कविहरू राजेन्द्र शलभ, स्नेह सायमि, इम्तिहाज वफा, डा. मोमिन खान, कञ्चना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर बेलबासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोदकुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवनचन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट, मधु पाठक, ऋषभदेव घिमिरे, रञ्जना निरौलालगायतले आफ्ना रचना वाचन गरेका थिए ।