काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो ।
साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याउनुभएको छ । नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुनुभएको छ । डंगोलले ६८ हजार ६१२ ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेकामा यसपटक निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको थियो ।