४ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। आज(बिहीबार) सुन ४ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

गत साताको तुलनामा भने आज सुन/चाँदीको मूल्य बढेको हो। अघिल्लो साताको बिहीबार सुन प्रतितोला ९६ हजार तीन सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us