बालेनको पहिलो प्रतिबद्धता : काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु

काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले विजयी भएपछि काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने घोषणा गर्नुभएको छ । विजयी घोषणा भएपछिको पहिलोपटक विजय जुलुसलाई सम्बोधन गर्दै शाहले यो जीतलाई उर्जाको रुपमा लिएको बताउनु भएको हो। यसलाई आफूले शत प्रतिशत दिने प्रतबद्धता वहाँले जाहेर गर्नुभएको छ।

आफू पदमा रहुञ्जेल काठमाडौंबाहेक अरु कुनै काममा समय नखर्चिने र आफ्ना सबै क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र विश्वकै उत्कृष्ट सहर बनाउन उपयोग गर्ने भन्नुभएको छ । उक्त पदमा नेकपा एमालेतर्फका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग फराकिलो मतान्तरले उनी मेयर पदमा विजयी हुनुभएको हो।

बालेनले ६१,७६७ मत प्राप्त गर्दा स्थापितले ३८,११७ र श्रेष्ठले ३८,३४१ मत प्राप्त गर्नुभयो । त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५७७० मत प्राप्त गर्नुभयो भने स्वतन्त्रतर्फकै अर्का उम्मेदवार सुमन सायामीले १३७७० मत प्राप्त गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us