टी-२० लिग प्रतियोगितामा टिम खरीदका लागि टेन्डर आह्वान

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी-२० लिग प्रतियोगितामा टिम खरीदका लागि टेन्डर आह्वान गरिएको छ।

अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने प्रतियोगिताका लागि टिम खरीद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको हो। क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको टेन्डरको मिति जेठ २७ गतेसम्मलाई तोकेको छ।

क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले ६ वटा नामलाई अनुमोदन गरेको थियो। जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us