रुपन्देही । आज (शुक्रबार) बिहान ११ बजे रुपन्देहीमा नेपाल आयल निगमको डिपोअगाडि राखिएको दुईवटा ट्यांकरमा आगलागी भएको छ । लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो । प्रहरीका अनुसार आगलागी भएको मध्ये एउटामा धेरै क्षती भएको छ भने अर्कोमा अलि कम क्षति भएको छ ।
प्रहरीका अनुसार डिपोमा ट्यांकरबाट तेल खन्याएपछि अचानक आगलागी भएको हो । हाल आगो नियन्त्रण भइसकेको प्रहरीको भनाइ रहेको छ ।