बालबालिकालाई लगाइने फाइजर खोप असार १५ भित्रमा ल्याउन सुरु गरिने

काठमाडौं। स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्द लगाइने फाइजर खोप असार १५ भित्रमा ल्याउन सुरु गरिने जनाएको छ।

उक्त खोप कोभ्याक्स सुविधामार्फत निःशुल्क रुपमा ल्याउन लागिएको हो। खोप पहिलो चरणमा १५ लाख खोप १५ असारभित्र आइसक्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख रुद्र मरासिनीका अनुसार कोभ्याक्स सुविधामार्फत उक्त खोप निशुल्क रुपमा प्राप्त गर्न लागिएको हो। पहिलो चरणमा २१ जिल्लाबाट खोप सेवा सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ। परिवार कल्याण महाशाखाका अनुसार सो उमेरसमुहका ३४ लाख बालबालिकाका लागि ८४ लाख खोप निशुल्क प्राप्त हुन लागेको हो।

खोप चरणबद्ध रुपमा ल्याइने मरासिनी बताउँछन्। फाइजर खोपलाई माइनस ७० डिग्रीमाथिको तापक्रममा भण्डारण गर्नुपर्ने छ तर नेपालमा २० लाख डोजका लागि मात्रै क्षमता भएकाले चरणबद्ध रुपमा खोप ल्याउन लागेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us