काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै दुर्घटना भएको छ। दुर्घटनामा मेयर दहाल घाईते हुनुभएको छ। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उहाँको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो। दुर्घटनापछि उहाँलाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पताल लगिएको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ। अन्य अवस्थाबारे भने चेकजाँच भइरहेको बताइएको छ।