संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन: अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा आरोप/प्रत्यारोप गरेर कहीँ नपुगिने बताउनु भएको छ। सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताउनु भयो ।

‘यो आरोप र प्रत्यारोपले कहीँ पु¥याउँदै । यो संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन । आरोप प्रत्यारोपको थलोको रुपमा लग्नु हुँदैन । विचार मन्थन गर्ने थलो हो,’ नेपालले भन्नुभयो, ‘देश,जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो । आ आफ्ना कमीकमजोरी के के भए आत्म समीक्षा पनि गर्नुपर्छ । अरुलाई दोषारोपण गरेर पानी माथिको उभानो बन्ने प्रयास नगरौं ।’

शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत क्षेत्रमा देखिएका समस्या पहिल्याएर निराकरण गर्न प्रयास गर्नुपर्ने नेपालले बताउनु भयो । नेतालाई मन लाग्दैमा २÷३ किलो मिटरको अन्तरमा पुल बनाएर दुरुपयोग भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us