आज गणतन्त्र दिवस : टुँडिखेलमा पृष्पवृटि र सेनाद्वारा सलामी अर्पण

काठमाडाैं । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो । सरकारले सैनिक मञ्च टुँडिखेलमा पृष्पवृटि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो । कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतिक परेवा उडाइएको छ भने नेपाली सेनाले सलामी अर्पण गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की लगायत संवैधानिक निकायका पदाधिकारीहरुको सहभागीता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us