वृद्धभत्ता ६८ वर्षमै

काठमाडौं । ज्येष्ठ नागरिकले ६८ वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसअघि ७० वर्ष उमेर पुगेपछि मात्र वृद्ध भत्ता दिइने गरेकोमा अब ६८ वर्षमै भत्ता उपलब्ध गराउने घोषणा आव २०७९/०८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् ।

उमेरको सीमा घटाइए पनि भत्ता रकम भने यथावत छ । सरकारले वृद्ध भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us