पूर्वमन्त्री शेरबहादुर तामाङद्वारा मेलम्ची खानेपानीको गाडीको दुरुपयोग, साढे सात लाखको मर्मत बिल दाबी

सिन्धुपाल्चोक । पूर्वमन्त्री एवं एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना विकास समितिको गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ।

सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो। उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको हो। गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन्।

उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ। गाडी मर्मतमा ७ लाख ६५ हजारको स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालयसमक्ष पेस गरेका छन्।

सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असारभन्दा अघि १० दिनका लागि मेलम्चीको गाडी लगेका थिए। उनले विनाकागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएकाे उनी निकट स्रोतको भनाइ छ। तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेको छ।

उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयो, बुझ्नुपर्छ।’सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असारभन्दा अघि १० दिनका लागि मेलम्चीको गाडी लगेका थिए। उनले विनाकागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएकाे उनी निकट स्रोतको भनाइ छ। तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेको छ।

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो। पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेको तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए। न्यूज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us