काठमाडौं । आइतवारदेखि हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ताले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । सोमवार बिहान विमान दुर्घटनास्थल फेला परेको तर यसबारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको ट्वीटरमा उल्लेख छ ।
आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य गरेको थियो ।