काठमाडौं । कालीप्रसाद बासकोटाले आफ्ना चर्चित गीत संगीत लिएर दर्शक माझ एकल प्रस्तुत दिने भएका छन् । गायक, गीतकार तथा संगीतकार बासकोटाको स्थानीय तहको निर्वाचनका कारण रोकिएका एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ अब २१ जेठमामा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ ।
आयोजक संस्था पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्कले आईतबार यो कन्सर्ट हुने जानकारी गराएको छ । पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।
कोभिड महामारीपछि काठमाडौंमा आफ्नो यो पहिलो एकल कन्सर्ट हुन लागेको गायक काली प्रसादले बताएका छन् । कन्सर्टमा आफुले ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय गाउने पनि उनले जानकारी गराएका छन् । उनी रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।