काठमाडौं महानगरपालिकाका मेयर उपमेयरले आज सपथ तथा पदभार ग्रहण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्नुहुने भएको छ ।

वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित हुनुभएको थियो । यस्तै उपमेयरमा नेकपा एमालेबाट सुनिता विजयी हुनुभएको थियो ।

मेयर निर्वाचित भएका शाहलाई सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ। कार्यक्रममा उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले पनि सपथ लिने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us