आज साँझ ६ बजेपछि नयाँ लाइसेन्सका लागि आवेदन भर्न सकिने

काठमाडौं। आज सोमबार साँझ ६ बजेपछि नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन भर्न सकिने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । वर्ग थप गराउन चाहनेका लागि भने अर्को सोमबारबाट आवेदन खोलिने विभागले स्पष्ट पारेको छ । अब अनलाइनबाट फारम भर्नेहरुले पहिलेजस्तो धेरै समय कुर्न नपर्ने घिमिरेले बताए । कुन कार्यालयमा कति कोटा छ भन्ने जानकारी अनलाइनमै लिन सकिन्छ, अनलाइनबाट फारम बुझाएको करिब १५ दिनपछि बोलाइन्छ’ उनले भने ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि यसअघि भरिएका आवेदन रद्द भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यसअघि फारम भरेका तर परीक्षा नदिएकाहरुको आवेदन रद्द गरी नयाँ प्रक्रियाबाट आवेदन खोल्न लागिएको जनाएको छ ।

यसअघि एकै व्यक्तिले दुईभन्दा धेरै फारम भरेकाले पछि भर्नेले परीक्षाका लागि लामो समय कुर्नुपर्ने अवस्था थियो । आवेदन दिएकालाई फोनबाटै सम्पर्क गरी परीक्षाका लागि बोलाइएको र परीक्षा लिइएको तथा परीक्षा दिन नआउनेको आवेदन अहिले रद्द भएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us