सडकका खाल्डाखुल्डी पुर्ने र ढल निकास ७ दिनभित्र गरिसक्न मेयर शाहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न निर्देशन दिनुभएको छ ।  यस्तै २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने मेयर साहको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । कल सेन्टरले सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता जनताका गुनासो सुन्ने काम गर्नेछ ।  यस्तै फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहेका कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकले निजी रेष्टुरेन्ट, होटल र पेट्रोल पम्पको शौचालयमा निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । त्यस्ता होटल र रेष्टुरेन्टमा सर्वसाधारणले निःशुल्क शौचलय प्रयोग गर्न महानगरले संकेत चिह्न राख्नेछ ।  वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार पहिलो नगर कार्यपालिकाको बैठक बसेको हो । मेयर साहको घोषणा बमोजिम नगर कार्यपालिकाको बैठक सार्वजनिक रुपमा लाइभ प्रसारण गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us