काठमाडौं। श्रीमानको शारिरीक यातनाले सख्त घाइते भएर भरतपुर अस्पतालमा उपचारत खैरहनी नगरपालिका-१० कठार निवासी ३८ वर्षीया गिता माझीको सोमबार राती मृत्यु भएको छ। बिहीबार श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा मलद्वार र यौनाङ्गबीचको भाग च्यातिएको थियो। सोमबार उनको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनी आफैँ शौचालय गएकी थिइन् ।
एक्कासी मुटुको धड्कन बन्द भएर मृत्यु भएको अस्पतालका सर्जन डा। दिपेन्द्र न्यौपानेले बताए। ‘यौनी र दिसाघरमा ठूलो चोट लागेको थियो। यसलाई सेरेनियम टियर भनिन्छ। यो सबैभन्दा खतराक घार थियो। तीन दिन औषधी चलाएर शल्यक्रिया गरेका हौं , ’ डा। न्यौपानेले भने , ‘रगत नलीमा हावा भएर वा अचानक हृदयघातको कारण पनि मृत्यु भएको हुन सक्छ। ’
श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका थिए। रामचन्द्र प्रहरी हिरासतमा छन्।