आजदेखि संसदमा बजेटमाथि छलफल सुरू हुँदै

काठमाडौं। आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि संसदमा छलफल सुरू हुँदैछ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिसकेको छ।

सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ। पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभएको छ ।

बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराउनुभएको छ । छलफलमा दलीय आधारमा भाग लिन संसदीय दलले एक घण्टा अघि नाम टिपाउन सापकोटाले सूचित गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *