काठमाडौं। पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकारले बजेट नभई घोषणापत्र ल्याएको बताउनु भएको छ। मंगलबार संसदमा बजेटमाथि छलफल गर्दै उहाँले चुनावी सरकारले आउँदो सरकारलाई बोकि नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको बताउनु भयो।
‘यो चुनावी सरकार हो । आउने सरकारलाई बोकी नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको छ । संकटपूर्ण अर्थतन्त्र सम्बोधन गर्ने खालको बजेट आउनु पर्थ्यो ।’ उहाँले भन्नुभयो, ‘सारतः यो बजेट सत्तारुढ गठबन्धनको चुनावी पर्चा वा घोषणापत्र जसरी आएको छ । भोट बटुल्ने उद्देश्यले आएको छ ।’ आर्थिक परिसूचक नकारात्मक बन्दै गएको उहाँको दाबी छ।
पूर्व अर्थमन्त्री पौडेलले पाँच महिनाको चुनावी सरकारले पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको बताउनु भयो । उहाँले बजेटमा अर्थतन्त्रको चुनौतीलाई वेवास्था गरिएको टिप्पणी गर्नुभयो। पौडेलले निबन्ध रुपी बजेटले कुनै डेलिभरी दिन नसक्ने पनि बताउनु भयो । उहाँले यो बजेट गोश्वारा भाषामा लेखिएको निवेदन जस्तो भएको भन्दै व्यङ्गय समेत गररनुभयो।