झलनाथ खनाल र रसियाका राजदूत असेक्सेइ नोभिकोभ बीच भेटवार्ता

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभ बीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गर्नुभयो।

भेटको क्रममा दुई देश बिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । सो भेटको अवसरमा राजदूत नोभिकोले आगामी दिनमा नेपाल/रुस सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *