श्रीमान–श्रीमती मृत फेला

काठमाडौं। कैलालीको अत्तरिया नजिक पर्ने गोदावरी नगरपालिका–७ हरैयामा श्रीमान–श्रीमती मृत फेला परेका छन्। ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पदमा ऐर मंगलबार बिहान मृत फेला परेका हुन् ।

श्रीमान घर बाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले बताए । ‘बिहान थाहा भएपछि प्रहरी घटनास्थल पुगेको छ’, राठौरले भने । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा एउटा खुकरी फेला परेको छ । घटनाबारे थप अनुसन्धान तथा पोष्टमार्टम गर्ने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *