उपमेयर सुनिता डंगोलले महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले हिंसा र अन्यायमा परेका पीडित महिलाहरूको संरक्षण गर्ने बताउनु भएको छ। उहाँले आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाएको बताउनु भयो। सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्ने जनाइएको छ।

डंगोलले चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख गरिएको थयो। ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उहाँले भन्नुभयो। उहाँले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी सानातिना विवादलाई वडा तहबाटै निरूपण गर्ने उद्धेश्यले मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने बताउनु भयो।

उहाँले सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिबद्धता समेत व्यक्त गररनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *