चिनियाँ विदेशमन्त्री वाङ चैत १२ गते नेपाल आउने, १३ गते भारत जाने

काठमाडौं । चैत दोस्रो साता नेपालको भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँबाट नयाँ दिल्ली जाने भएका छन्।

चीन वा भारतले उनक भ्रमणको आधिकारिताबारे कुनै जानकारी नदिए पनि चिनियाँ विदेशमन्त्री वाङ यी चैत १३ गते नयाँ दिल्ली पुग्ने गरी कार्यक्रम तय भएको भारतीय अखबारहरुले लेखेका छन्।चिनियाँ विदेशमन्त्री वाङ यी चैत दोस्रो साता नेपाल आउने भनिए पनि अहिलेसम्म उनको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन।

यद्यपि, स्रोतहरुका अनुसार उनी चैत १२ गते काठमाडौँ ओर्लनेछन् । परराष्ट्र स्रोतका अनुसार चीनको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) कार्यान्वयन योजनाबारे भ्रमणका क्रममा हस्ताक्षर हुनसक्ने सम्भावना भए पनि अहिल्यै यसको टुंगो भने लागिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us