अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच सहमति

काठमाडौंं । काठमाडौंस्थित सिभिल मलको क्यूएफएक्स हलमा अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार भएको घटनामा सहमति भएको छ । आरोपी मुगुका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसँग माफी मागिसकेको जनाउँदै दुवैले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

घटना हुँदा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदायप्रति पर्न गएको असरप्रति अभिनेत्री मगरले क्षमायाचना गरेकी छन् ।

प्रदर्शनरत चलचित्र ‘कबड्डी ४’का दर्शकसँग साक्षात्कार गर्ने क्रममा गत आइतवार सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी मिरुनाले आफूमाथि अभद्र दुव्र्यवहार भएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us