काठमाडौं । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । जेठ २१ गते शनिबार बस्ने प्रदेशसभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागिपरेको उनले बताए ।त्यसअघि प्रदेशसभा सचिवालयले जेठ १९ गते बिहीबार दिउँसो १ बजे प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेको छ ।